कोरोना कारण प्रतिनिधि सभाको बैठक स्थगित

फाइल फाेटाे 

चैत्र ६, काठमाडौँ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (काेभीड-१९) को कारण शुक्रबार तय भएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।   

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि बस्ने भनिएको बैठक स्थगित गरेको हो ।  अब  प्रतिनिधि सभा बैठक आउँदो चैत १३ बिहीबार बस्नेछ ।   

Image result for प्रतिनिधि सभाको बैठक

विश्वभर कोरोनाको महामारी फैलिएको भन्दै सांसदहरुले  यस्तो बेला संसद बैठक स्थगित गर्नु पर्ने माग राख्दै आईरहेका थिए । सोही कुरालाई मध्यनजर गर्दै भाेली शुक्रबारको बैठक स्थगित गरिएको हो ।   

यसैगरि भोलिकै लागि तय भएको  राष्ट्रियसभाको बैठक पनि स्थगित गर्ने तयारी रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *