साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

फागुन २९, काठमाडौं । साविक विजेता इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ । 

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगमा लिभरपुल एटलेटिको म्याड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुदै समग्रमा ४-२ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगको अन्तम १६ बाटै बाहिरिएको हो । 

एटलेटिकोको जितमा मार्कोस लिओरेंटले दुई गोल गरेका थिए भने अल्भारो मोरटाले एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि जर्जिनियो विजनाल्डम र रोबेर्टो फिर्मिनोले एक एक गोल गरेका थिए । 

योसँगै एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । एटलेटिसँगै पिएसजी, आरबि लेइपजिंग र एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *