चिनियाँ राष्ट्रपति सी जिनफिङलाई प्रचण्डको पत्र

चैत्र १६, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि चीनसँग आग्रह गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पत्र लेख्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अपिल गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

प्रचण्डले नेकपाको तर्फबाट चैत १३ (बिहीबार) मा राष्ट्रपति सीलाई एक विशेष पत्र लेखेका थिए। अध्यक्ष प्रचण्डका निजी सचिवसमेत रहेकी छोरी गंगा दाहालका अनुसार महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत जरुरत सामग्री पठाइदिन अनुरोध गरिएको छ।   

पत्रमा प्रचण्डले यो स्थितिमा चीनले नेपाललाई गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने उल्लेख समेत गरेका छन्। उनले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएर जनजीवन सामान्य हुँदै गएकोमा बधाईसमेत दिए। चीनको वुहान सहरबाट सुरु भएको मानिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएको थियो। 

कोरोना भाइरसबाट चीनमा ८१ हजार मानिस संक्रमित भएका थिए। ती मध्ये तीन हजार तीन सयको मुत्यु भएको छ। विश्वभर यो महामारीबाट अहिलेसम्म ३१ हजार मानिसको ज्यान गाइसकेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =