डर्बीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

फागुन २३, काठमाडौं । डर्बी काउन्टीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती भएको खेलमा डर्बीलाई ३-० गोल अन्तरले पराजति गर्दै युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । 

युनाइटेडको जितमा ओडीअन इगहालोले दुई गोल गरेका थिए भने लुका शाके एक गोल गरेका थिए । इगहालो गत जनवरीमा इटालीबाट लोनमा युनाइटेड आएका हुन् । 

योसँगै एफए कपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । अब क्वाटरफाइनलमा आर्सनल शेफिल्ड युनाइटेडसँग खेल्ने छ भने म्यानचेस्टर युनाइटेड नर्विच सिटीसँग खेल्ने छ । क्वाटरफाइनलका खेल मार्च २१ मा हुने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *