प्रदेश २ सरकारको निर्णयः लकडाउन अवधिभर विपन्न र मजदुरलाई खानाको व्यवस्था गर्ने

चैत्र १६, जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउन अवधिभर गरिब तथा दैनिक ज्यालादारीमा खट्ने मजदुरहरुलाई खानाको व्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । 

लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाका लागि सरकारका तर्फबाट खानाको व्यवस्था गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। 

उनका अनुसार व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालका लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बराबरको रकम स्थानीय तहलाईसमेत राख्न आग्रह गर्ने निर्णय भएको छ । 

साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमा तथा प्रोत्साहन भत्तासमेत दिने निर्णय प्रदेश २ सरकारले जनाएको छ ।  

यता गएकाे मंगलबारदेखि मुलुकभर लकडाउनकाे निर्णय गरेकाे केन्द्रीय सरकारले साे अवधि थप एकसाता लम्ब्याउने तयारी गरेकाे छ । आज अपरान्ह ४ बजे बस्न लागेको मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्नेछ । नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ भने एकजना उपचारपछि निको भइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *