रसुवाका सांसदले दिए क्वारेन्टाइनका लागि आफ्नै घर

चैत्र १४, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि  क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गरेका छन् । 

रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व  गर्ने  सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित  आफू बसोबास  गर्ने  धारा, बत्ती, शौचालय, परिसरसमेतको सुविधायुक्त चारकोठे पक्की घर  प्रदान गरेको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए ।  

सांसद आचार्यले २१ शय्यायुक्त क्वारेन्टाइनका लागि आफ्नो घर निःशुल्क प्रदान गरेका हुन् । सो घरमा  खाट र शय्यासमेत उपलब्ध छ । 

जनताको मतको सम्मान गर्दै विपद् व्यवस्थापन अन्तर्गत जनसेवाका लागि आफूले बसोबास गर्दैआएको घर स्वतस्फूर्त क्वारेन्टाइनका लागि प्रदान गरिएको सांसद आचार्यले बताए । 

जिल्लाका अन्य नेताले पनि यस्तै सहयोग गर्ने विश्वास स्थानीय वरिष्ठ समाजसेवी चन्द्रशेखर लम्सालले व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *