प्रधानमन्त्री मोदीले दिएको सम्मान ८ वर्षीया बालिकाद्वारा अस्विकार

फागुन २५, काठमाडाैँ ।  अन्तर्राष्ट्रिय महिला दिवस अर्थात् ८ मार्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सोशल मिडिया अकाउन्ट ती महिलालाई सम्हाल्न दिनेछन् जसको जीवन र कामले अरुलाई प्रेरणा दिएका छन् । यद्यपि, जलवायु कार्यकर्ता लिसिप्रिया कंगुजमले मोदीको यो सम्मान ग्रहण गर्न अस्विकार गरेकी छिन् । 

जलवायु परिवर्तनको विषयमा काम गर्ने कार्यकर्ता लिसिप्रिया कंगुजमको उमेर  ८ वर्ष हो । भारतीय सरकारले लिसिप्रियालाई एक प्रेरणादायी व्यक्तित्वको रुपमा छनोट गरेको छ । यद्यपि, लिसिप्रियाले यो सम्मानमा असन्तुष्टि जनाएकी छिन् । यसका साथै उनले भनेकी छिन्, ‘यदि मेरो आवाज सुनिरहनुभएको छैन भने कृपया मेरो सम्मान पनि नगर्नुहोस् ।’ 

वास्तवमा @MyGovIndia को ट्वीटर ह्यान्डलबाट लिसिप्रिया कंगुजमसँग सम्बन्धित एउटा ट्वीट गरिएको छ जसमा भनिएको छ, ‘लिसिप्रिया कंगुजम मणिपुरकी एक बाल पर्यावरण कार्यकर्ता हुन् । सन् २०१९ मा उनले डा। एपीजे अब्दुल कलाम चिल्ड्रन अवार्ड, विश्व बाल शान्ति पुरस्कार र भारत शान्ति पुरस्कारबाट सम्मानित गरिया्े, के उनी प्रेरणादायी छैनन् त ?’ 

यसमा लिसिप्रिया कंगुजमले जवाफ दिँदै भनिन्, ‘प्रिय नरेन्द्र मोदी जी, यदि तपाईं मेरो आवाज सुनिरहनुभएको छैन भने कृपया मेरो सम्मान नगर्नुहोस् । तपाईंको पहल #SheInspiresUs अनुसार देशको प्रेरणादायी महिलामा मलाई चयन गर्नुभएकोमा धन्यवाद । थुप्रै पटक सोचेपछि मैले यो सम्मान अस्विकार गरेकी छु । जय हिन्द !’ 

स्मरण रहोस् लिसिप्रिया कंगुजम पर्यावरणको मुद्दामा निकै सक्रिय छिन् । लिसिप्रियाले निकै अघिदेखि मोदी र सांसदसँग जलवायु परिवर्तनमा कानून बनाउन माग गरिरहेकी छिन् । यद्यपि, उनको मागको अहिलेसम्म सम्बोधन नभएपछि उनी सरकारसँग रुष्ट पनि छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *