बाबु बने नायक राजबल्लभ कोइराला

फागुन २३, काठमाडौँ ।  नायक राजवल्लभ कोइरालालाई सन्तान प्राप्त भएको छ ।   

हाल अमेरिकामा बसोबास गर्दै आएका  कोइरालालाई लाई पहिलो सन्तानको रुपमा छोरी प्राप्त भएको हो ।  उनको श्रीमती  प्रमिला विमलीले केही हप्ता अगाडी छोरीलाई जन्म दिएकी हुन् ।   

करिब २ वर्ष अघी प्रमिलासँग  विवाह गरेका नायक कोइरालाले आफू पिता बनेपछी सोसल मिडियामा आफ्ना अनुभव र खुशीहरु सेयर गरेका छन् ।   

Image may contain: 2 people, closeup

उनले सोसल मिडिया फेसबुकमा आफ्नो, श्रीमती र छोरीको फोटो सेयर गर्दै लेखेका छन्, ‘छोरी, तिमी जन्मेको दिन मै मेरो पनि जन्म भयो, पिता बनेर । तिमीलाई यो संसार जति नौलो लाग्दै छ । मलाई पनि त्यस्तै लाग्दैछ । धेरै कुरा हामीसँगै सिक्दै जानेछौं । तिम्रो आँखाले म पनि संसार हेर्ने र बुझ्ने कोशिश गर्दैछु । तिम्रो आँखामा संसार कति सिम्पल र राम्रो छ है । दुई चार नराम्रो कुरा बिर्सने हो भने संसार वास्तवमै राम्रो छ, र तिम्रो आगमनले यसलाई थप सुन्दर बनाएको छ । म तिमीले सोचेको जस्तै बेस्ट बाबा बन्ने कोशिस गर्छु है !’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *