हलिउड नायक दम्पत्ती पनि कोरोना भाइरसबाट संक्रमित

फाेटाेः गुगल 

फागुन २९, काठमाडौँ । हलिउड नायक टम ह्यान्क्स र उनकाे श्रीमती रिटा विल्सन पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।   

अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्सले  श्रीमतीसहित आफू संक्रमित भएपछी बुधबार सोसल मिडिया मार्फत् जानकारी गराएका हुन् ।   

रुघाखोकी लाग्नेबित्तिकै जचाउँदा कोरोना भाइरस देखियो

उनीहरुले स्वास्थ्य परिक्षण गर्नु अगाडि शरीर दुख्ने, जाडो हुने लक्षण महशुश गरेका थिए । यसपछि, उनीहरुले परिक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियाे । 

ह्यान्क्सले सोसल मिडिया इन्स्टाग्राममा लेखेका छन्, ‘हामी रुघा खोकी लागेको जस्तो गरी थकित भएका थियौं । जिउ पनि दुखेको थियो, हल्का ज्वरो पनि आएको छ ।’ ‘के भएको भनेर परीक्षण गराइहाल्यौं । हामीमा कोरोना भाइरसको संक्रमण देखियो । ’   

साथै उनले आफ्नो स्वास्थ्यबारे  अपडेट गराइरहने समेत  जानकारी दिएका छन् ।  एक नयाँ चलचित्रको छायांकनमा व्यस्त रहेका उनीहरुले कोरोना भाइरसको संक्रमण देखिएपछी अब आफ्नो समय छुट्टै बसेर व्यतित गर्ने जानकारी  समेत दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =