टोल विकास संस्थामार्फत कोरोनाको सचेतना फैलाईदैँ

चैत ९, चितवन । कोरोनाको संभावित जोखिमबाट बच्न चितवनको खैरहनी नगरपालिकाले टोल विकास संस्था मार्फत सचेतना फैलाउने भएको छ ।  

त्यसका लागि नगरपालिकाले नगर भित्रका टोल विकास संस्थालाई पत्राचार सुरु गरेको छ । कोेरोना भित्रन नदिन सर्तकता अपनाउनका लागि सचेतना फैलाउन टोल विकास संस्थालाई परिचालन गरिएको नगरपालिका मेयर लालमणी चौधरीले बताए । 

टोल विकास संस्थाका पदाधिकारीहरु घर-घरमा पुग्न सक्ने भएकाले यसको प्रभावकारीता हुने मेयर चौधरीको भनाई छ । आईतबार सामाजिक विकास समिति र सुरक्षा निकायबीच भएको बैठकमा टोल विकास संस्थालाई परिचालन गर्नुका साथै टोल-टोलमा माईकिङ गर्ने निर्णय समेत गरिएको छ ।  मेयर चौधरीले भने, ‘अस्पतालनै पुग्ने बातावरण सिर्जना नगर्न सचेतना प्रमुख उपाय हो, टोल विकास संस्थालाई परिचालनदेखी सचेतनामुलक प्रचार प्रसार आवश्यक हुन्छ ।’ नगर भित्रका स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेक सेवा बन्द गर्ने, स्वास्थ्य संस्थामा हेल्थ डेस्क राख्ने,बजारका बिभिन्न ठाउँमा हात धुन सावुनपानीको व्यवस्था गर्ने, बजार हुन सक्ने कालोबजारीलाई रोक्न बजार अनुगमन गर्ने निर्णय समेत बैठकले गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।  

सामाजिक विकास समिति संयोजक मनेजर महतोको अध्यक्षतामा भएको बैठकमा खैरहनी नगरपालिका उपमेयर सुनिता थपलिया, स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल,नम्वर २ विपद व्यवस्थापन गणका प्रमुख सेनानी राजेन्द्र पराजुली, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगर, नगरपालिका प्रवक्ता रामशरण पाण्डे, स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, सामाजिक विकास समिति सदस्य एवंम् खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना, सदस्यहरु कृष्ण प्रसाद भुषाल,पवन श्रेष्ठको उपस्थिती रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *