कोरोना कोषलाई कांग्रेसको ५० लाख सहयोग
२०७६ चैत ११ गते

चैत्र ११, काठमाडौं। नेपाली कांग्रेसले हालै सरकारले स्थापना गरेको कोरोनाविरुद्धको कोषलाई ५० लाख दिने भएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भाइरसको जोखिम सामना गर्न सरकारलाई सहयोग गर्ने निर्णय पार्टीले गरेको बताए। कांग्रेसका संघीय सांसदहरुले यसअघि नै एक महिनाको तलब सरकारी कोषमा जम्मा गर्ने प्रतिवद्धता जनाइसकेका छन्।
‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँदछु,’ शर्माले आफ्नो ट्वीटमार्फत भनेका छन्, ‘संघीय सांसदहरुले १ महिनाको तलब अलग दिने निर्णय यस अघि भइसकेको छ।’

२०७६ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








