पेट्रोलियम पदार्थको अभाव छैन, अनावश्यक स्टोरेज नगरौं : कार्यकारी निर्देशक पौडेल

चैत्र ४, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन् । 

उनले भने,‘पाईपलाईनबाट पनि पेट्रोलियम पदार्थ आईरहेको छ । अहिले हामीले सप्लाईमा बढि ध्यान दिएका छौं ।’ 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले आफूहरुले डिमाण्ड र सप्लाईको आवश्यकत्ता पूरा गरिरहेको सुनाए ।  

उनले भने,‘हामी अहिले यही कुरामा बढि फोकस छौं, पेट्रोलियम पदार्थको पछिल्लो डाटा र स्टेस्टिक्स हेर्दा व्यापारीहरुले पनि किन्न कुनै कञ्जुस्याँई गरेको देखिएन्, एकाध, दुईले मुल्यको समायोजनले गर्दा नकिनेका होलान् ।’ 

उनले भैरहवाबाट पनि तेल ल्याउन आफूहरुले निर्देशन दिएको सुनाए । उनले अहिले सबै पेट्रोल पम्पमा तेल पुग्ने क्रममा रहेको पनि सुनाए ।   

उनले भने,‘आम उपभोक्ताहरुले भेहिकलमा राख्नुहोस् । तर, धेरै स्टोरेज नगरौं ।’ उनले पेट्रोलियम पदार्थको माग पूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारे ।   

उनले अहिले बजारमा भएको आम मागको ५ देखि १० प्रतिशत थपेर नै आफूहरुले भारतबाट आपूर्ति गरिरहेको जनाए । उनले आयल निगमले ६७ हजार किलोलिटरको भण्डारण क्षमतामा ५३ हजार किलोलिटर भण्डारण गरिसकेको सुनाउँदै यो भनेको ८० प्रतिशत भण्डारण भएको स्पष्ट पारे ।   

त्यस्तै, उनले ग्याँसको सवालमा अहिले देखिएको समस्या आवश्यकभन्दा बढि सिलिण्डर स्टोरेज गर्नुनै प्रमुख कारण भएको स्पष्ट पारे ।   

उनले भने,‘यो महिना चाहिएको ग्याँस ३८ हजार मेट्रिक टन हो, हामीले भारतसँग ४५ हजार टनको अर्डर पठाएका छौं । अहिले बजारमा २८ लाख सिलिण्डर रहेका छन् । हामीले ३५ लाख मगाएका छौं । यो भनेको ७ लाख लाख बढि हो ।’   

उनले नेपाल ग्याँसको सिलिण्डर अत्यधिक बढि भएको सुनाउँदै अहिले एक्कासी यो कम्पनीको सिलिण्डिर बजारमा आएकोले समस्या देखिएको सुनाए । उनले भने,‘नेपाल ग्याँस त आयल निगमभन्दापनि जेठो हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *