कोरोनाको आशंकामा आइसोलेशनमा राखिएका युवक ‘डिस्चार्ज’

चैत १५, डोटी। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिका-७ रातुलीका १९ वर्षीय तिलक भण्डारीलाई अस्पतालले डिस्चार्ज गरेको छ। छिमेकी मुलुक भारतको तेलङ्गना राज्यमा काम गर्दै आएका ती युवक केही हप्ता पहिले आफनो जन्मथलो डोटी आएका थिए। 

तेलङ्गनामा कोभिड–१९ को सङ्क्रमणका बिरामी फेलापरेपछि उनलाई पनि रुघाखोकी र ज्वरोको लक्षण भेटिएकाले कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गत मङ्गलबार जिल्ला अस्पतालको आइसोलेशन श्ययामा भर्ना गरिएको थियो। 

आइसोलेसन श्ययामा भर्ना गरिएसँगै उनको घाँटी र नाकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाडौँमा पठाएको थियो। स्वाब परीक्षणपछि टेकु अस्पतालले कोरोना सङ्क्रमण नभएको पुष्टि गरेपछि उहाँलाई आज घर पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. ज्योती पाण्डेले बताइन्। -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *