सुशिल र रोजनलाई स्वर्ण

फागुन १८, काठमाडौं । सुशिल न्यौपाने र रोजन गौतमले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।   

सुशिल यु–१० तथा रोजन यु–१२ ब्वाइज सिंगल्समा च्याम्पियन बने । स्वर्ण विजेताद्वय आयोजक आरुणी स्कुलका हुन् । 

यु–१० ब्वाइज सिंगल्स फाइनलमा सुशिलले आफ्नै स्कुलका गौरव बस्नेतलाई ११–५, ६–११, १३–११ र ११–९ को सेटमा पराजित गरे । यु–१२ ब्वाइज सिंगल्स फाइनलमा रोजनले विजेश्वरीका एड्रिन शाहीलाई ११–७, ५–११, ११–५, ६–११ र ११–० को सेटमा हराए । 

2.JPG

यु–१६ ब्वाइज सिंगल्समा एभरेष्टका समिर खत्री पहिलो भए । उनले फाइनलमा आरुणीका सुशान्त चौलागाईंलाई ११–८, ११–८ र १२–१० को सोझो सेटमा पाखा लगाए । यु–१४ ब्वाइज सिंगल्स फाइनलमा एभरेष्टका हिमाल विष्टले प्रोक्सिमाका रोमन थापा मगरलाई ११–८, ११–७ र ११–२ को सीधा सेटमा पन्छ्याउदै स्वर्ण जिते । 

ब्वाइज डबल्समा एभरेष्टका समिर खत्री र हिमाल विष्टको जोडीले स्वर्ण जिते । फाइनलमा उक्त जोडीले आरुणीका सुशान्त चौलागाईं र रोजन गौतमको जोडीलाई ११–५, ११–६ र १२–१० ले निराश पारे । सोही स्पर्धाको गल्र्स फाइनलमा प्रोक्सिमाका दिया देउला र नर्मदा खाइतुको जोडीले प्रभातका आरती सुवाल र प्रदिपा सुवालको जोडीमाथि ११–७, ११–९ र ११–८ को जित दर्ता गर्दै पहिलो स्थान हात पारे । 

विजेतालाई आरुणीको अभिभावक दिवसका दिन शनिबार पुरस्कृत गरिने आरुणीका प्रिन्सिपल हिक्मत दाहालले जनाएका छन् । त्यसै दिन टिम च्याम्पियनको पनि घोषणा गरिने छ । दुईदिने प्रतियोगितामा ३२ विद्यालयका ३ सय १६ खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । ४ स्पर्धाको फाइनल शनिबार नै सम्पन्न भइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *