फेरि बढ्यो सुनको भाउ, यस्तो छ आजको मूल्य
२०७६ फागुन २७ गते

फाेटाे स्राेतः गुगल
फागुन २७, काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा तोलामा २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ८२ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी महासंघका अनुसार तेजाबी सुनमा पनि आज तोलामा २ सय रुपैयाँ बृद्धी भई प्रतितोला ८२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।

मंगलबार चाँदीको भाउमा भने १० रुपैयाँ घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।
२०७६ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








