विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने नीति खै ? : बाबुराम भट्टराई

चैत्र ९, काठमाडौँ। समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विदेशमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन्। उनीहरूलाई स्वदेश फर्काउन आवश्यक पहल गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्।   

नेपालको अर्थतन्त्रमा रेमिटान्सको ठुलो योगदान रहेको उल्लेख गर्दै नेता भट्टराईले कोरोना संक्रमणको फैलिरहेको समयमा विदेशमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकारले आवश्यक पहल लिनुपर्नेमा जोड दिए। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पचासौँ लाख नागरिक विदेशमा, तिनले पठाउने वार्षिक नौ खर्वको भरमा अर्थतन्त्र, भारतसँगको खुला सीमाना आदि विशिष्टताको सन्दर्भमा हाम्रो कोरोनाआतंक प्रतिरोधी नीति अरूकोभन्दा अलि विशिष्ट हुनुपर्ने हैन र ? खाशगरी विदेशमा रहने नेपालीको सुरक्षा र उनीहरू लाखौंको सङ्ख्यामा स्वदेश फर्कँदाको नीति खै ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =