कोरोना संक्रमित व्यक्तिका परिवार क्‍वारेन्टाइनमा

चैत्र १२, कैलाली। धनगढीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित व्यक्तिका परिवारलाई आज सेती प्रादेशिक अस्पताल ल्याइएको छ।  दुबईबाट दिल्लीको बाटो हुँदै नेपाल प्रवेश गरेका ३४ वर्षीय व्यक्ति व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएपछि उनका परिवारका सदस्यलाई अस्पताल ल्याइएको हो।   

उनीहरुलाई शुक्रबार नै अस्पताल ल्याउने भनिए पनि एम्बुलेन्स चालकले नमानेपछि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै प्रहरी फर्केको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले संक्रमित व्यक्तिका परिवारका आठजना सदस्यलाई निगरानीमा राख्न एम्बुलेन्समार्फत् अस्पताल ल्याइएको बताए। 

उनले उनीहरूको स्वास्थ्य अवस्था जाँच गर्दै परीक्षणका लागि नमूना संकलन गरिएको बताए। अस्पतालले उनीहरू सबैको थ्रोट स्वाब संकलन गरेर धनगढीस्थित क्षेत्रीय रंगशालामा निर्माण गरिएको क्‍वारेन्टाइनमा राखिएको जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *