रेडनलाई उपाधि

फागुन २६, काठमाडाैँ ।   रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । 

गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित गर्यो । रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसंगै रेडनले २० हजार तथा एमआरएमले १५ हजार नगद पुरस्कार हात पारे । 

एमआरएमका उपेन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए भने रेडनका आशिष डंगोल उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका जेभियरका रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । 

विजेतालाई प्रदेश सांसद् बसन्त मानन्धर, अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सन्जिव मिश्र, काठमाडौं महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजाल र प्रतियोगिता संयोजक निराजन थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २० टिम सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =