कोरोना त्रासका कारण मेडिकल काउन्सिलको परीक्षा स्थगित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। 

काउन्सिलले चैत ८ गते सञ्चालन गर्ने तयारी गरेको परीक्षा कोरोना भाइरसका कारण अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।   

काउन्सिलको पूर्ण बैठकको निर्णय अनुसार परीक्षाको अर्को मिति पुन: सूचना प्रकाशित गरी जानकारी गराइने काउन्सिलले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =