लकडाउन उल्लंघन गर्ने ३०२ वटा सवारीसाधन नियन्त्रणमा

चैत्र १२, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ३०२ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । 

काठमाडौंका विभिन्न स्थानबाट आज बिहानसम्ममा ३०२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ताका प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले  जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा धेरै मोटरसाइकल रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *