महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम प्रदान

फागुन १८, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुका लागि धनगढीमा सम्पत्ति शुद्धिकरण तालिम आयोजना गरेको छ ।  

फागुन १७ गते सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम आयोजना गरेको हो । प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।  

गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन–कुन हुन्, नियन्त्रणका प्रक्रियाहरु के–के हुन्, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदी विषयमा विस्तृत जानकारी दिइएको थियो ।  

Dhangadhi AML  CFT Training-3.jpg

कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संशाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेको तालिममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको पनि उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =