विप्लव निकट शिक्षक संघका केन्द्रीय उपाध्यक्ष मण्डल पक्राउ

फागुन १९, जनकपुरधाम । प्रतिबन्धित नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका नेकपा निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरीनारायण मण्डल पक्राउ परेका छन् । 

गएराती १२ बजे पक्राउ परेका धनुषाको मिथिला बिहारी नगरपालिका ३ बस्ने ५० वर्षीय मण्डललाई धनुषाकै  गणेशमान चारनाथ नगरपालिका ५ स्थित सुखवनी खोलाबाट पक्राउ गरिएकाे हो   

मण्डल संगठित अपराध, बम बिस्फोट तथा कर्तव्य ज्यान मुद्दाका  फरार प्रतिवादी भएको  प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवधेश यादवले जानकारी दिए । 

करिब तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी गराइएको बम बिष्फोटमा उनको संलग्न रहेको प्रहरीको भनाइ रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *