फागुन २९, काठमाडौं । ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणबाट गम्भीर लापरबाही भएको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ठहर गरेको छ ।
उपसमितिका अनुसार ९ अर्ब ४६ करोड ४४ लाख राजश्व उठाउन बाँकी देखिएको छ ।
सोही आधारमा उपसमितिले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति, प्रवन्ध निर्देशक विभागीय जिम्मेवारी लिएका पदाधिकारीमाथि छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।