काभ्रे: ‘लकडाउन’ उल्लङ्घन गर्ने ९२ सवारी नियन्त्रणमा

चैत्र १२, काभ्रे । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन उल्लंघन गर्ने दुई जना पक्राउ परेका छन् । 

अनावश्यक रूपमा निस्किएका २ जनालाई नियन्त्रणमा लिइएको जिल्ला  प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी कुमार बिक्रम थापाले बताए । 

डीएसपी थापाका अनुसार नियम उलङ्घन गर्दै सवारी साधन चलाउने ९२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानमा राखिएको चेक प्वाइन्टबाट बिना पास सवारी चलाउनेहरूलाई नियन्त्रणमा लिइएको थापाको भनाई छ । 

प्रहरीका अनुसार बिहान ६ वजे देखि दिउसो ३ बजेसम्ममा १७१ वटा मोटरसाईकल, १२ वटा स्कुटर, ३ वटा मिनी ट्रक, ५ वटा कार र एउटा साईकल नियन्त्रणमा लिइएको छ ।  

अत्यावश्यक काम औषधी, खाद्यान्न लिन बाहेकको अनावश्यक कामको लागि सडकमा पैदल रूपमा पनि ननिस्कन प्रशासनले आग्रह गरेको छ । 

सरकारले मंगलबार चैत्र ११ गते बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =