युभेन्टसका फ्रेन्च मिडफिल्डरलाई पनि कोरोना संक्रमण

चैत ५, काठमाडौं । इटालियन क्लब युभेन्टसका मिडफिल्डरलाई कोरोना संक्रमण देखिएको छ । युभेन्टसबाट खेल्ने फ्रेन्च मिडफिल्डर ब्लायस माटुइडीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।   

कुनै संक्रमण नदेखिएपनि आफूलाई सेल्फ आइसोलेसनमा राखेका माटुइडीको टेस्ट गर्दा पोजेटिभ देखिएको छ । ३२ बर्षिय फ्रान्सका मिडफिल्डर माटुइडी कोरोनाको संक्रमणमा पर्ने दोस्रो युभेन्टसका खेलाडी हुन् । यस अघि गत बुधबार युभेन्टसका डिफेन्डर डानिएल रुगानीलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *