भाडा नलिन संघको आग्रह

चैत १० चितवन ।  रत्ननगर उद्योग वाणिज्य संघले व्यवसायिक प्रयोजनका लागि लिईएको भाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । 

कोरोना भाइरसका कारण विश्वनै थलिएको अवस्थामा व्यापार ,व्यवसाय गर्दै आएकाहरुलाई राहतको लागि भाडा मिनाहा गर्न संघले सोमवार एक विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो ।   

कोरोना महामारीको समयमा उद्योग, व्यवसाय पनि स्थगन गर्नुपर्ने हुंदा यस अवधिभरको भाडामा सहयोगी भुमिका निर्वाह गर्नका लागि संघका अध्यक्ष राजाराम रेग्मीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । 

null

साथै अतिआवश्यक दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा विक्री वितरण गर्न र कृतिम अभाव सुजना नगर्न तथा अनुचित मूल्य कायम नगर्न नगराउन समेत संघले सवैमा आग्रह गरेको छ । त्यस्तो अनुचित कार्य गरेको पाईएमा जरिवाना समेत गराउने संघले चेतावनी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =