भरतपुरमा रहेका चारै जनाको रिपोर्ट नेगेटिभ

चैत १३ चितवन । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
मंगलबार यहाँ भर्ना भएका मध्ये चारै जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण कार्यदल चितवनका प्रवक्ता डाक्टर भोजराज अधिकारीले बताए ।
उनीहरुको रिपोर्ट बिहीबार प्राप्त भएको हो ।
null
रिपोर्ट नेगेटिभ आएकाहरुलाई बिहीबारनै डिस्चार्ज गरिएको छ । भरतपुरकी सविना सिलवाल, झापाका नारायण पौडेल, पोखराका गोविन्द भुर्तेल र गोर्खाका होमवहादुर थापाको रिपोर्ट नेगेटिभ आएको हो । साथै बिहीबार १० जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको समेत उनले बताए ।
विश्वव्यापी रुपमा कोरोनाको त्रास बढेपछि भरतपुर महानगरपालिकाको अग्रसरतामा चितवन उद्योग संघको परिसरमा रहेको चितवन प्रर्दशनी केन्द्रमा कोरोना विशेष अस्पताल निर्माण गरिएको थियो । यहाँबाट अहिले सम्म ८० जना भन्दा बढिले सेवा लिईसकेका छन् ।








