अन्तिम खेलमा सुखद नतिजाको पर्खाइमा नेपाल

फागुन २३, काठमाडौं । एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा नेपालले आज अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ । 

तीन वटा खेल खेलेको नेपालले दुईमा पराजित र एक खेलमा मात्रै जित निकालेको छ। जसका कारण नेपालको शीर्ष दुईमा रहँदै एसिया कपको छनोट खेल्ने यात्रा भने टुङ्गिएको छ ।  

नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो भने घरेलु टोली थाइल्याण्डलाई पराजित गरेको थियो । टेर्डथाई क्रिकेट मैदानमा नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।  

निकै लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई ठुलो चुनौती रहेको छ । लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेको सिङ्गापुर नेपालविरुद्ध पनि जित निकाल्दै अपराजित रहने लक्ष्यमा हुने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =