‘कोरोनाविरुद्धको लडाईमा चीन नेपालको साथमा छ’

चैत्र ११, काठमाडौं। कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल सरकारले कोरोना विपत्तिलाई मध्यनजर गर्दै देशभर लकडाउनको घोषणा गरेलगत्तै चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस महामारीसँग लड्न चीन सदैव नेपालको साथमा रहेका बताएकी हुन्।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ। कोरोनासँग कठिन परिस्थितिमा जुधेको चीनले नेपालाई ढाडस दिएको हो। चीनले कोरोनाविरुद्धको लडाइका लागि सकेसम्मका चिकित्सा सामाग्री मिलाउने समेत जनाएको छ।
चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै आफुहरु साथमै रहेको बताएकी छन्। उनले भनेकी छन, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौँ। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ। हामी साथमा छौँ!’

नेपालमा दुई जनामा कोरोना भेटिए पनि एक जना सन्चो भएर घर फर्केका छन् भने एक युवतीको टेकु अस्पतालमा उपचार भइरहेको छ।








