सिटिजन्स बैङ्क र भारतको मेदान्त हस्पिटलबीच सहमति, उपचार खर्चमा १५ प्रतिशत छुट

फागुन १७, काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पताल बिच सिटिजन्स बैङ्कका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सहमति भएको छ ।   

आइतबार एक कार्यक्रमका बिच सहमतिसँगै समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा मेदान्त अस्पतालका तर्फबाट सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका हुन् ।   

यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैङ्कका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने छ । यो सुविधा सिटिजन्स बैङ्कका कार्डबाहक ग्राहकहरूले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरूबाट पाउनेछन् ।   

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैङ्किङ एकाइहरूबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैङ्किङ सेवाहरू प्रदान गर्दै आएको छ ।   

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैङ्क खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू प्नि उपलब्ध गराउँदै आएको छ ।   

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैङ्कले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरू समेत सञ्चालनमा ल्याएको छ । 

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैङ्कको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =