एल क्लासिको आज : कसले मार्ला बाजी ?

एजेन्सी । आज स्पेनिस ला लिगाको बार्सिलोना र रियल म्याड्रिडबीचको दोस्रो (एल क्लासिको) आज हुँदैछ । सिजनको दोस्रो एल क्लासिको रियलको घरेलु मैदानमा सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार रात १ः४५ बजे हुनेछ ।   

उपाधिका  लागि दुई कट्टर टोलीबीचको प्रतिस्पर्धा हुने छ । सम्भवत यो नै स्पेनिस ला लिगाको उपाधि छिनोफानो गर्ने खेलको रुपमा रहनेछ ।   

शीर्षस्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५५ अंक छ । उति नै खेलबाट रियलको ५३ अंक छ ।   

घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्न सके रियल एक अंकको अग्रतासहित शीर्षस्थानमा जानेछ  । पराजित या बराबरी भएको अवस्थामा रियलको उपाधि यात्रा झिनो बन्ने छ । 

यता, बार्सिलोना घरेलु टोलीलाई पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । रियलाई हराउन सके बार्सिलोनाले ५ अंकको अग्रता बनाउनेछ । बराबरीले पनि बार्सिलोना रियलभन्दा २ अंकले अघि जानेछ । यस्तो अवस्थामा यो खेल दुवै टोलीका लागि उत्तिकै महत्वपुर्ण रहेको छ ।   

पछिल्लो पटक गत डिसेम्वरमा यि दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । पछिल्ला पाँच खेलमा रियलले एक खेलमा मात्रै जित निकाल्दा २ हार र एक बराबरीको नतिजा निकालेको छ ।   

रियल बार्सिलोनालाई पराजित गर्दै पुनः जितको लयमा फर्कने दाउमा हुनेछ । 

यता, बार्सिलोनाले पछिल्लो पाँच खेलमा ३ जित र समान १ हार र १ बराबरीको नतिजा निकालेको छ । बार्सिलोना पछिल्लोपटक च्याम्पियन्स लिगमा नेपोलीसँग ११ गोलको बराबरी खेलेको थियो ।   

रियलसँग करिम बेन्जेमा, ग्यारेथ बेल, भिनिसियस जुनियर, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, सर्जियो रामोस, फरल्यान्ड मेन्डी, फेडरिको भेल्भर्डे र इस्कोको साथ रहनेछ ।   

यता, बार्सिलोनासँग कप्तान लियोनेल मेस्सीसँगै एन्टोइन ग्रिजमन, आर्टुरो भिडाल, अर्थर, फ्रान्की डि जोङ र जुनियर फिर्पो जस्ता खेलाडीको साथ रहनेछ । 

रियल म्याड्रिड र बार्सिलोना हालसम्म २७६ पटक अमाने समाने भएका छन् । जसमा बार्सिलोना ११५ पटक विजयी हुँदा रियलले बार्सिलोनालाई ९९ पटक हराएको छ ।   

६२ खेल भने बराबरीमा सकिएको छ । ला लिगामा यि दुई टोली १७९ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा दुवै टोलीले समान ७२–७२ खेल जित्दा ३५ खेल बराबरीमा सकिएको छ । 

यो खेलमा बार्सिलोनालाई हराए रियलले १०० क्लासिको खेल जित्ने इतिहास बनाउनेछ ।   

यस्तै ला लिगामा धेरै क्लासिको जित्ने अवसर पनि बनाउने छ । दुबै टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा बार्सिलोना नै हावी रहेको छ । रियलले ३ खेल गुमाउँदा २ बराबरीको नतिजा निकालेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =