नेयमारको गोलमा पीएसजी क्वाटरफाइनलमा

फागुन २९, काठमाडौं ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गएराती च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लिगमा जर्मनी क्लब डोर्टमण्डलाई २-० ले पराजित गर्दै समग्रमा ३-२ गोल अन्तरले विजयी हुदै क्वाटरफाइनलमा पुगेको हो । 

कोरोना भाइरसको कारण दर्शकबिना भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र जुवान बर्नाटले एक एक गोल गरे । खेलको २८औं मिनेटमा नेइमारले गर्दै गोल गर्दै अग्रता दिलाए । उनले डि मारियाको कर्नर किकमा उत्कृष्ट हेडिङ गर्दै गोल गरेका हुन् । 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बर्नाटले गोल गर्दै अग्रतादोब्बर पारे । उनले पाब्लो सराबियाको पासमा गोल गरेका हुन् । यस खेलमा खेलको ८९औ मिनेटमा डोर्टमण्डका एमरे कानले रातो कार्ड पाउदा डोर्टमण्ड १० खेलाडीमा सिमित भएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *