भूकम्पको कथामा आधारित दयाहाङको ‘नीरफूल’ को ट्रेलर सार्वजनिक

फाेटाे स्राेत : गुगल 

फागुन २१, काठमाडौँ ।  भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ ।  तीन मिनेट भन्दा लामो उक्त  ट्रेलरमा चलचित्रको मुख्य पात्र दयाहाङ राई, शान्ति वाइवा र अभिनेता बुद्धि तामाङलाई देखाईएको छ ।   

मंगलबार सार्वजनिक गरिएको ‘नीरफूल’को ट्रेलरमा  दयाहाङ र शान्तिलाई आफ्ना हराई रहेकी छोरीको खोजीमा बिभिन्न स्थानमा भौतारी रहेको दृश्यहरु समावेश गरिएको छ ।   

Image result for ‘नीरफूल’

चलचित्रमा दयाहाङ, शान्ति र  बुद्धि तामाङ अलवा  जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायत कलाकारको भूमिका रहेको छ ।  चलचित्रमा रेखा थापा अतिथि कलाकारको रुपमा देखा परेकी छिन्  । 

आशिष भेटवालले निर्देशन रहेको यस चलचित्र फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो । जसमा  कार्यकारी निर्मातामा दुबईकी सोनाम डोमा रहेकी छिन् ।   

चलचित्रलाई  सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेका हुन् । चलचित्रमा सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । 

‘नीरफूल’ लाई प्रमोद कार्कीको छायांकन गरेका हुन् भने  निमेश श्रेष्ठको सम्पादन गरेका हुन् । चलचित्रको प्रदर्शन मिति भने आगामी चैत ७ गते तोकिएको छ ।   

https://youtu.be/wyKpcgaknm8 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =