भौतिक योजना तथा निर्माण मन्त्री फुयाँललाई बधाई

चैत्र ४, काठमाडौँ । बाग्मती प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री रामेश्वर फुयाँललाई खेलकुद विकास समितिले बधाई दिएको छ ।   

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिले भौतिक योजना तथा निर्माण मन्त्री नियुक्त भएकोमा मङ्गलवार बधाई दिएको हो ।   

मङ्गलवार एक कार्यक्रमको आयोजना गरी समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले मन्त्री फुयाँललाई बधाई पत्र हस्तान्तरण गरेका हुन्  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =