डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु
२०७६ फागुन २१ गते

फाेटाे स्राेतः गुगल
फागुन २१ काठमाडौं । बुधबार डोल्पामा भे.१ च २४४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा उक्त जिप दुर्घटना हुँदा ठूलीभेरी नगरपालिका–५ बस्ने २३ वर्षीय चालक पञ्चेबहादुर बुढाको मृत्यु भएको हो ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि गम्भिर घाइते भएका चालक बुढाको उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








