धरानको गोर्खा सिनेफ्लेक्समा ‘के : साङ्ला’ लिम्बु चलचित्रको प्रदर्शन

फागुन २६, धरान(सुनसरी) । लिम्बु जातिको संस्कृतिमा आधारित फिल्म ‘के : साङ्ला’ अर्थात च्याव्रुङको धरानमा विशेष प्रदर्शन गरिएको छ । 

लोकेन साँवाद्धारा निर्देशन रहेको सो चलचित्रमा लिम्बु समुदायका युवायुवती बीच हुने माया प्रेम र तानेर विवाह गर्ने प्रचलन प्रस्तुत गरिएको छ भने च्याब्रुङ बजाउने गजो अर्थात के : साङ्लालाई मायाको प्रतिकका रुपमा प्रस्तुत गरिएको छ ।   

तेह्रथुमे धरान तुम्बाहाङ्फे समाजको आयोजना तथा याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सनको संयोजनमा धरानको गोर्खा सिनेप्लेक्समा सोमबार विहान भएको विशेष प्रदर्शनीमा अग्रज कलाकार तथा निर्देशक प्रेम सुब्बा, नृत्य निर्देशक गोविन्द राई, केः साङ्लाका निर्देशक लोकेन साँवा, फिल्मका नायक तथा निर्माता भीम तुम्बाहाङ्फे लगायतको उपस्थिति थियो ।   

प्रदर्शनी कार्यक्रममा बोल्दै कलाकार प्रेम सुब्बाले लिम्बु भाषा र संस्कृतिमा बनेको के : साङ्लाले लिम्बु समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृतिबारे सचेत गराउने बताएका थिए ।   

चलचित्रमा भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, विशाल सेनेहाङ, सनम पहाङ्गो, कुमार लुम्फुङ्वा, मेनुका साउदेन, गङ्गा तुम्बाहाङ्फे, महिमा लिम्बू, तुलसा लिम्बू लगायतको अभिनय रहेको छ ।   

चलचित्रमा सिनेम्याटो ग्राफर भुपेन्द्र तुम्बाहाङ्फेको पनि अभिनय रहेको छ  । अशोक लोहोरुङ राइको पाश्र्व सङ्गीत रहेको फिल्ममा दिनेश माङ्मुको मुख्य सहायक निर्देशन र कोरियो ग्राफी तथा मनु नेम्बाङ, यासेली योङ्हाङको रहेको छ भने स्वर श्रेयसी चेम्जोङको रहेको छ ।   

फिल्मको कथा सोत निर्देशक साँवा कै रहेको छ भने सो चलचित्रलाई  सम्पादन भने विपिन मल्लले गरेका हुन् । 

फिफरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पङ्धाक, भिमकुमार तुम्बाहाङ्फे, सन्जयकुमार तुम्बाहाङ्फेको निर्माण मा चोक्फुङ इन्टरटेमेन्ट प्रा। लिको ब्यानरमा बनेको के ः साङ्ला यसअघि नै हङकङ, भारतको आसामका विभिन्न ठाउँ, काठमाडौं र पाँचथरमा प्रदर्शन भईसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =