भेरीगंगा नगरपालिकाका अधिकृतसहित २ जनामाथि भ्रष्टाचार मुद्दा

चैत्र ५, काठमाडौँ । बुधबार सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २ जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २ लाख बिगो कायम गरी अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेकाे हो ।   

अख्तियारको वीरेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले  प्राविधिक केसीलाई नगरपालिकाको वडा नम्बर-११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण भएपश्चात भुक्तानी सहजीकरण गरिदिने भन्दै  २ लाख घुस लिई रहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।   

पछी अनुसन्धान गर्दै जाँदा सो कार्यमा  प्रशासकीय अधिकृत पौडेलको समेत संलग्नता पाएपछी उनीहरु दुवै जना बिरुद्ध मुद्दा गरिएको अख्तियारले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =