राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल आज सकिँदै, खतिवडाको ठाउँमा को आउला ?

फागुन २०, काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल आज मंगलबार पुरा भएको छ । यो दुई वर्षे कार्यकाल पुरा गरि १८ जना सांसदहरु आज बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाबाट ८, कांग्रेसबाट ६, राजपाबाट २, समाजवादीबाट १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद्  रहेका छन् । 

राष्ट्रपतिबाट मनोनित भएका र अर्थ मन्त्रालय सम्हाल्दै आएका डा.युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ ।   

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । उनीहरुको सपथ ग्रहण मंगलबार हुँदैछ । 

यसैबीच राष्ट्रपतिबाट मनोनित हुने सदस्यको नाम भने अझै टुङ्गो लागेको छैन । डा. युवराज खतिवडाको ठाउँमा कसलाई सिफारिस गर्ने भन्नेमा नेकपा भित्र विवाद कायमै रहेकाले उक्त ठाउँमा नाम सिफारिस हुन नसकेको हो ।   

नेकपा सचिवालय बैठकले बामदेव गौतमको नाम सिफारिस गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेका कारण राष्ट्रपपतिले मनोनित गर्ने नामको भने टुङ्गो लाग्न सकेको छैन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =