अष्ट्रेलयामा ८ नेपाली विद्यार्थीमा देखियो कोरोना संक्रमण

चैत १६, काठमाडौं। अष्ट्रेलयामा रहेका ८ नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार अष्ट्रेलियास्थित नेपाली दूतावासले यस्तो जानकारी दिएको हो।   

दूतावासका अधिकारीहरुका अनुसार साउथ वेल्समा रहेका चार नेपाली, तीनजना भिक्टोरियाका र एक तास्मानियामा रहेका गरी ८ जना संक्रमित भएका हुन्। तीमध्ये तास्मानियाका एकजनाको उपचार भइसकेको बताइएको छ। 

बाँकी सातैजना क्वारेन्टाइमा बसिरहेका छन्। साथै उनीहरु सबै महिला भएको पनि बताइएको छ। दूतावासले आफ्नो फेसबुक पेजमा पनि यसबारे जानकारी दिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =