काभ्रेकाे मण्डनदेउपुर बिस्कुटी खोल्सा मिनी ट्रक दुर्घटनामा दुईकाे घटना स्थलमै मृत्यु

फागुन २३, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १२ बिस्कुटी खोल्सा भन्ने स्थानमा बालुवा बाेकेकाे मिनीट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।
ठुल्दिबेसीबगरबाट रामपुर ज्याम्दी तर्फ बालुवा लिई जाँदै गरेको बा.३.ख. ७१२१ नं. को मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले भित्री कच्ची सडक खण्डमा ब्याक गरी फर्काउने क्रममा सडक बाट तीन सय मिटर तल खसी सवारी दुर्घटना हुँदा गाडीमा सवार चालक काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.१२ बस्ने वर्ष २१ को रोशन ठकुरी र साेही घर भएका सह-चालक वर्ष १६ को दिलिप ठकुरीको घटनास्थलमा नै मृत्यु भएको बताए ।
null
दुर्घटना स्थलमा प्रहरी चौकी दोलालघाट र हिंगुवापाटीबाट टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृत सहितको टोलीले घट्ना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य गरिरहेकाे काभ्रे प्रहरीले जनाएकाे छ ।








