एशिया इस्टर्न रीजन टी २० : हङकङ नेपालसामु १ सय ५५ रनको लक्ष्य प्रस्तुत

फागुन १८, काठमाडौं । एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा हङ्कङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।   

थाईल्यान्डको टेर्डथाइ किक्रेट मैदान जारी खेलमा हङ्कङले २० ओभर खेल्दै ६ विकेट बनाएर १ सय ५४ बनाएको छ ।   

नेपालका लागि स्पीनर सन्दीप लामिछाने र सुशन भारीले दुई दुई र कुशल मल्लले एक विकेट लिए । 

हङ्‍कङका एक ब्याट्सम्यान रन आउट भएका थिए। 

यसअघि शनिवार भएको पहिलो खेलमा  नेपाल मलेशियासँग २२ रनले पराजित भएको थियो। 

प्रतियोगितामा थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङ्‍कङ समावेश छन्। 

सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछ। 

मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनौट हुनेछ। एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =