चलचित्र लप्पन छप्पन २ को पोस्टर सार्वजनिक

फागुन १९, काठमाडौँ । दुई नव नायक सुपर गुरुङ र शक्ति श्रेष्ठद्वारा अभिनित चलचित्र ‘लप्पन छप्पन २’को पोष्टर सार्वजनिक गरिएको छ ।
मुकुन्द भट्टले निर्देशन गरेको यस चलचित्रमा नव नायक सुपर र शक्तिसँगै शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र, विष्टलगायतका कलाकारको भूमिका रहेको छ ।
नायक शक्ति नायक शिव श्रेष्ठका छोरा हुन् । भने, सुपर ब्रिटिश लाहुरे देव गुरुङका छोरा हुन् । प्रेमकथा र एक्सनले भरिपूर्ण यस चलचित्रमा खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाको सहकार्यमा निर्माण भएको यस चलचित्रबाट सुपर र शक्तिसँगै केरोलिन कोलिन्डा, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले डेब्यु गर्दैछन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता तयार गरिएको ‘लप्पन छप्पन २’को पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् । चलचित्रकाे प्रदर्शन मिति भने बैशाख १२ लाई तय भएकाे छ ।








