बडी सुटमा देखिएकी बलिउड मलाइकालाई भद्दा कमेन्ट

फागुन ३०, काठमाडौँ । बलिउड नायिका मलाइका अरोडा जिम बाहिर  स्किन कलरको  बडी सुट देखिएपछी ट्रोलर्सको निशानामा परेकी छिन् ।   

टोलर्सको निशानामा परेकी  मलाइलाई सोसल मिडियामा निकै भद्दा कमेन्ट समेत गरिएको छ ।   

उनको ट्रोल गर्दै सोसल मिडियामा एक प्रयोकर्ताले लेखेका छन्,   ‘लाजै नभएकी, उमेरको ख्याल त गर ।’ अर्काले लेखेका छन्, ‘अहिलेसम्मको सबैभन्दा घटिया आउटफिट ।’ त्यसैगरी अर्काले लेखेका छन्, ‘बलिउडका कारण हामी आफ्नो संस्कृति र सभ्यता गुमाउँदै गएका छौं ।’ 

अहिले उनको उक्त   स्किन कलरको  बडी सुट लगाएको तस्विरका साथै भिडियो सोसल मिडियामा निकै भाइरल भईरहेको छ । 

४६ वर्षिया मलाइका  मुम्बईको दिवा योगा  स्टुडियोको मालिक्नी हुन् । आफ्नो फिटनेसमा निकै ध्यान दिने   मलाइका जिममा वर्कआउटबाहेक योगा पनि गर्छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =