कोरोना भाइरस फैलिन नदिन संसदमा हेल्थ डेस्क राख्न सांसद यादवको माग

फागुन २३, काठमाडौं । सांसद प्रदीप कुमार यादवले कोरोना भाइरसले विश्वभर त्रास फलाएका बेला संसदमा कुनै साबधानी नअपनाइएको बताएका छन् । उनले सबैतिरबाट साबधानी अपनाउनु भनिरहेका बेला उक्त संक्रमणबाट जोगिन संसदमा ‘हेल्थ डेक्स’ राख्न माग गरेका छन् ।   

प्रतिनिधि सभाका शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले कोरोनाको त्रास विश्वव्यापी रुपमा बढेको अवस्थामा संसदमा हेल्थ डेक्स नराखिएकाले कुनै एक जनाबाट संक्रमण फैलिए २७५ जना सांसद नै प्रभावित हुने भन्दै तयारीबिना संसद चलाउनुभन्दा बन्द गर्नु उपयुक्त हुने धारणा राखे । 

उनले भने, सरकारले पनि साबधानी अपनाउन भनेको छ तर हामी २७५ जना सांसद एकै ठाउ जम्मा हुन्छौँ । तर सरकार र स्वास्थ्य मन्त्रालयले संसद प्रवेश गर्दा कुनै किसिमको हेल्थ डेक्स छैन । सांसदहरु विभिन्न कार्यक्रममा जान्छौँ । मन्त्रीहरु झन् धेरै कार्यक्रममा जानुपर्छ । तर यो संसदभित्र पस्दा कुनै स्वास्थ्य जाँच गरिदैन । मानौ कुनै सांसद या मन्त्रीलाई संक्रमण भयो भने संसदको हाल के होला ?  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =