नेपाल आइपुगिन् मिस वर्ल्ड टोनी
२०७६ फागुन २२ गते

फागुन २२, काठमाडौँ । बिहिबार ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छन् । तीन दिनको लागि नेपाल भ्रमणमा आएकी टोनी आज मध्यान्हको समयमा त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् ।
हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा नेपाल आएकी जमैकाकी टोनीलाई स्वागत गर्न मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ पुगेकी थिइन् ।
उनीसँगै मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन् । पहिलो पटक मिस वर्ल्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वर्ल्ड नेपाल भ्रमणमा आएका हुन् ।

नेपालको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको भ्रमण गर्ने बताईएको टोनीले शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकन गर्नेछिन् ।
नेपाल भ्रमण सकेर टोली सात मार्चमा स्वदेश फर्किने बताईएको छ ।
२०७६ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








