उपत्यकाबाट होलीमा जबरजस्ती रंग दल्ने युवतीसहित १६४ जना पक्राउ

२६ फागुन, काठमाडौैं । प्रहरीले होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा उपत्यकावाट १६४ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौं,भक्तपुर र ललितपुरले राजधानीका विभिन्न क्षेत्रबाट युवतीसहित १६४ जनालाई सोमबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक बिश्वराज पोखरेलले पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने , समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका बताए ।
null
पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ भने केही छुटेका छन् ।
कुन कुन कार्यालयबाट कति पक्राउ ?
महानगरीय प्रहरी वृत्त थानकोट : १८ जना
महानगरीय प्रहरी वृत्त कीर्तिपुर : ३ जना
महानगरीय प्रहरी वृत्त कालिमाटी : ८ जना
महानगरीय प्रहरी वृत्त स्वयम्भू : ३ जना
महानगरीय प्रहरी वृत्त बालाजु १२ जना
महानगरीय प्रहरी वृत्त महाराजगन्ज : १४ जना
महानगरीय प्रहरी वृत्त बौद्ध : १५ जना
महानगरीय प्रहरी वृत्त गौशाला : २६ जना
महानगरीय प्रहरी वृत्त बानेश्वर : ७ जना
महानगरीय प्रहरी वृत्त जनसेवा : २५ जना
महानगरीय प्रहरी वृत्त दरवारमार्ग : ७ जना
महानगरीय प्रहरी वृत्त कमलपोखरी : ३ जना
महानगरीय प्रहरी वृत्त सिंहदरबार : ७ जना
महानगरीय प्रहरी वृत्त लैनचौर : ३ जना
महानगरीय प्रहरी परिसर ललितपुर : ६ जना
महानगरीय प्रहरी परिसर भक्तपुर : ७ जना
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक : ९ जना








