छोरी न्यासाको ट्राेल हुँदा भड्कीएकी काजोलले दिईन् ट्रोलर्सलाई कडा जवाफ

फाेटाे स्राेतः गुगल
फागुन २७, काठमाडौँ । बलिउड सेलीब्रेटीको छोराछोरीमा अत्याधिक ट्रोल हुने लिस्टमा न्यासा देवगन पनि पर्छिन् । न्यासा अभिनेत्री काजोल र अभिनेता अजय देवगनकी छोरी हुन् ।
छोरी न्यासाको ट्रोल हुँदा काजोल निकै भड्किएकी थिईन् । भड्कीएकी काजोलले टोलर्सलाई निकै कडा जवाफ फर्काएकी छिन् ।

उनले एक भारतीय मिडियामा कुराकानी गर्ने क्रममा छोरी न्यासाको ट्रोल गर्नेलाई जवाफ फर्काउँदै भनिन्, ‘मलाई लाग्छ कि एक अभिभावकको रुपमा यदि तपाईंको बच्चालाई सानो चोट लाग्छ भने पनि तपाईंलाई अत्यधिक चिन्ता हुन्छ किनभने तपाईं आफ्नो सन्तानलाई हरेक समस्याबाट बचाउन चाहनुहुन्छ । यस्तो अवस्थामा जब उनलाई ट्रोल गरिन्छ तब एक अभिभावकको रुपमा त्यसलाई तपाईंले नै अत्यधिक महसुस गर्नुहुनेछ । धन्य, न्यासालाई नराम्रोसँग ट्रोल गरिँदा उनी यहाँ थिइनन् । के भइरहेको थियो, उनलाई खासै थाहा भएन । तर सोसल मिडिया त आखिर सोसल मिडिया नै हो, यस्तो हरेक स्थानमा हुन्छ, अन्तर्राष्ट्रियस्तरमा पनि ।’
उनले थपिन्, ‘यस्तोमा यो आवश्यक छ कि तपाईंले आफ्ना सन्तानलाई समाजका एउटा सानो हिस्सालाई बेवास्ता गर्नुपर्छ भनेर सिकाउनुपर्छ । तपाईंले बुझाउनुपर्छ कि तपाईंले आफ्नो बारे के सोच्नुहुन्छ, त्यो महत्वपूर्ण हो । तर यो खुसीको कुरा हो कि मैले उसलाई केही सिकाउनै पर्दैन । उनी निकै तीक्ष्ण छिन् । म आशा गर्छु कि म उदाहरण दिएर उसलाई आत्मसम्मान आफैंबाट सुरु हुन्छ भनेर सिकाउन सक्नेछु ।’








