यस्ता खानेकुरा खानुहोस् शरीरमा रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ : डा. ओम प्रकाश शाह

चैत्र १३, काठमाडौं । यतिवेला विश्व कोरोना भाइरससँग लडिरहेको छ । कोरोना भाइरस अर्थात कोभिड १९ विश्व महामारीका रुपमा तिव्रतर रुपले फैलिइरहेको छ ।
भनिन्छ ‘रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु’ उपयुक्त हुन्छ ।
त्यसैले कोरोना भाइरससँग लड्ने र यसबाट बच्ने उत्तम उपाय भनेको मानिसले आफ्नो दैनिक व्यवहारमा सुधार गर्नु देखिएको छ । कुनै पनि व्यक्तिले यसबाट बच्नको लागि आफ्ना दैनिकी रहनसहन सुधार गर्ने, साथीभाइसँगको प्रत्यक्ष भेटघाटमा कमी गर्ने, भिडभाडमा नजाने लगायत गर्नु उपयुक्त रहेको छ । खानपानमा पनि ध्यान दिन जरुरी छ ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका आहार तथा पोषण विभागका डायटिसियन ओम प्रकाश शाहले दिएका टिप्सहरु यस्ता छन् :
क) बिहान तातो (कागती, तुलसी, र अदुवा) पानी खानुहोस्।
ख) दिउँसो पेयको रूपमा टमाटरको रस वा सुन्तलाको रस वा कागती पानी पिउनुहोस् ।
ग) बदाम वा सूर्यमुखीफूलको बीउ वा फर्सीको बीज वा खाजा र नास्तामा आलासको एक चम्चा समावेश गर्नुहोस्।
घ) प्रत्येक दिनको खानामा दूध, अण्डा, अंकुरित फलफूल, ब्रोकोली, पालक, र गाढा हरियो पातदार तरकारीहरू समावेश गर्नुहोस्।
ङ) सुत्ने समयमा हल्दी र बेसार पानी पिउनुहोस्।
च) घाम ताप्ने गर्नुहोस्।
आहारमा पर्याप्त प्रोटिनले प्रतिरक्षा कोषहरूको गुणन, र एन्टिबडीहरूको उत्पादनमा मद्दत गर्दछ। एन्टिअक्सिडेन्ट पौष्टिक तत्व जस्तै (भिटामिन सी, ई, ए, डी, सेलेनियम, जिंक, तामा, र म्याग्नीज जस्ता खनिज पदार्थहरु र क्यारोटीनोइडहरु) ले रोग लगाउने जीवाणुहरूको प्रवेश रोक्न स्वस्थ अवरोध निर्माण गर्न मद्दत गर्दछ, र प्रतिरक्षा कोषहरूलाई सक्रिय र नियमन गर्छ र संक्रमणबाट बचाउँछे ।








