कोरोना आशंकामा १९ वटा नमुना परिक्षणका लागि पठाइयो

चैत्र, १३ विराटनगर । कारोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा विराटनगरबाट १९ वटा नमुना परिक्षणका लागि काठमाडौं पठाइएको छ । 

१९ वटा केसको स्याम्पल परिक्षणका लागि काठमाडौं पठाइएको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमखुख डा. सुरेश मेहताले जनकारी दिए । 

उनका अनुसार प्रदेश सरकारले एक नम्बर प्रदेशमा १ सय ७४ बेडकोे आईसोलेसन तयार पारिसकेको छ भने कोराना विशेष अस्पताल विराटनगरको नेशनल ट्रेडिङको भवनमा १० वटा भेन्टिलेटर सहितको ५० शैया क्षमताको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

एक नम्बर प्रदेशका सबै नगरपालिकाहरुले कोरोनाका लागि २ हजार ४ सय ८ वटा आईसोलेसन निर्माण गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =