क्याम्ब्रिजको एक दिने क्यानडा सेमिनार भोली, कसरी सहभागी हुने ?

फागुन २२, काठमाडौं । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले एक दिने क्यानडा शैक्षिक सेमिनार हुने भएको छ ।   

बागबजारस्थित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीको  मुख्य कार्यालयमा हुने एक दिने शैक्षिक सेमिनारमा क्यानडाको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटि क्यानडा वेस्टका साउथ एशियाका एशोसिएट डाइरेक्टर बजिर ऋषभले विद्यार्थीलाई करियर काउन्सेलिङ गर्नुको साथै विश्वविद्यालयको बारेमा जानकारी दिनेछन् ।   

सेमिनारमा विद्यार्थीले युनिभर्सिटि क्यानडा वेस्टमा पढाइहुने विषयहरु एमविए, ब्याचलर अफ कमर्श, ब्याचलर अफ आर्टस इन विजनेश कम्युनिकेशन एमविए फाउण्डेशन तथा एशोसिएटस अफ आर्टसका बारेमा  प्रत्यक्ष रुपमा जानकारी हासिल गर्ने क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले बताए ।   

उनका अनुसार सेमिनारमा विद्यार्थीले क्यानडाको भिसा पोलिसी, छात्रवृत्ति, डकुमेन्टेशन, वातावरण, शैक्षिक लोनका सम्बन्धमा विज्ञ परामर्शहरुबाट परामर्श लिन सक्नेछन् ।   

सेमिनारमा भाग लिने विद्यार्थीले वान टु वान काउन्सेलिङ पाउँछन् भने, उत्कृष्ठ शैक्षिक योग्यता भएका विद्यार्थीलाई छात्रबृत्ति समेत दिने ब्यवस्था रहेको छ ।   

सन् २००९ मा स्थापना भएको क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले क्यानडाका साथै इण्डिया, यूके, यूएसए, अस्ट्रेलिया, युरोप लगायत विश्वका उत्कृष्ठ शैक्षिक गन्तब्य भएका देशका प्रतिष्ठित विश्वविद्यालय र कलेजका लागि काम गर्ने गरेको छ ।   

सेमिनारमा भागलिन चाहने इच्छुक विद्यार्थीले अनलाईन सिस्टमबाट समेत आवेदन दिन सक्नेछन् । भोली दिउसोबाट शुरु हुने सेमिनारका बारेमा http://bit.ly/2PpEdSW बाटपनि जानकारी पाउन सकिन्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =